आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रोनाल्डोको ह्याट्रिकसँगै पोर्चुगल फाइनलमा

AuthorAP Khabar२०७६ जेष्ठ २३, बिहिबार (४ साल अघि) ३५३ पाठक संख्या

२०७६ जेठ २३
सुपर स्टार क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगल युइएफए नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान पोर्चुगलमा भएको सेमिफाइनल खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ३–१ गेलले हरायो । पछिल्ला चार अन्तर्राष्ट्रिय सहभागितामा गोल गर्न नसकेको रोनाल्डोले ह्याट्रिक पुरा गरेका हुन् । पोर्टाेमा खेलको २५औं मिनेटमा रोनाल्डोले २५ यार्ड टाढा प्राप्त फ्रिकिकमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० ले अघि रहेको पोर्चुगलले दोस्रो हाफमा थप दुई गोल गर्दा १ गोल खान पुगेको थियो । ५७औं मिनेटमा स्वीट्जरल्यान्डले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने प्रयास गरेको थियो । स्वीट्जरल्यान्डका रिचार्डो रोड्रिग्वेजले पेनाल्टीको सदुपयोग गरेका थिए ।खेलभर सानदार प्रदर्शन गरेका रोनाल्डोले खेलको अन्तिम तीन मिनेटमा दुई गोल थप्दै ह्याट्रिक पूरा गरेका थिए ।

रोनाल्डोले ८८आंै मिनेटमा बर्नाडो सिल्भाको पासा दोस्रो गोल गरे । उनले ९०औं मिनेटमा कर्नरबाट प्राप्त बलमा उत्कृष्ट गोल गर्दै ह्याट्रिक पूरा गरे ।

प्रतिक्रिया दिनुहोस