आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

५ जना ग्राहकले चोरी गर्यो डेढ लाख भारुभन्दा बढी पर्ने सारी

AuthorAP Khabar२०७६ जेष्ठ २३, बिहिबार (४ साल अघि) ३८९ पाठक संख्या

२०७६ जेठ २३

काठमाडौं : भारतको अहमदाबादमा पाँच मानिस सारीपसल पुगेर दुईवटा सारी चोरेका छन् ।

ती सारी रितु कुमारको स्टोरको डिजाइनर सारी थिए । तिनको मूल्य डेढ लाख भारुभन्दा बढी थियो ।

पसलका कर्मचारीले अर्को दिन लेखापरीक्षण गर्दा बल्ल सारी चोरिएको जानकारी पाए । सारी गायब भएपछि सीसीटीभी फूटेज हेर्दा पाँचजना सारीचोर देखिए ।

ती पाँचजनामा चार महिला र एक पुरुष थिए । उनीहरूले ग्राहक बनेर पसलमा आई हिन्दीमा कुरा गरे । दुई महिला र पुरुषले कर्मचारीलाई कुराकानीमा अल्झाए भने बाँकी दुई महिलाहरू स्टोरमा चारैतिर घुमे । पछि सीसीटीभी क्यामराको फूटेज हेर्दा महिलाहरूले आफ्ना लामो कुर्तामा सारी लुकाएको देखियो ।

लगभग बीस मिनेट स्टोरमा बिताएपछि उनीहरू साँझ ६ः३० मा स्टोरबाट निस्किए । उनीहरूले केही पनि किनेनन् ।

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले सीसीटीभी फूटेज चेक गरेर आरोपितलाई पक्रिन प्रयास गरेको छ ।

ती पाँच चोरहरू चढेर आएको वाहन पनि प्रहरीले खोजिरहेको छ । वरिपरिको क्षेत्रबाट सीसीटीभी फूटेज पनि हेर्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस