आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आइसल्यान्डमाथि स्पेनको फराकिलो जित

AuthorAP Khabar२०७६ जेष्ठ २५, शनिबार (४ साल अघि) ३३४ पाठक संख्या

जेठ २५
एजेन्सी । युरोकप छनोट खेलमा स्पेनले फारोय आइसल्यान्डलाई ४–१ गोलले हराएको छ । घरेलु मैदानमा शुक्रबार राति भएको एकपक्षीय खेलमा स्पेनको जितमा सर्जियो रामोस, जेसस नभास र जोसे गायाले गोल गरेका थिए ।

स्पेनले एक गोल आइसल्यान्डबाट उपहार पाएको थियो । आइसल्यान्डका क्लाइमेन्ट ओल्सेनले सान्त्वना गोल फर्काएका थिए ।

स्पेनले पाँचौं मिनेटमा सर्जियो रामोसको गोलबाट अग्रता लिएको थियो । १९औं मिनेटमा नभासले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । ३०औं मिनेटमा फारोय आइसल्यान्डका क्लाइमेन्ट ओल्सेनले गोल फर्काए ।

३४औं मिनेटमा आइसल्यान्डका टेइटुर जेस्टसनले आत्मघाती गोल गरेपछि स्पेन पहिलो हाफमा ३–१ गोलको अग्रता बनायो । ७१औं मिनेटमा जोसे गायाले गोल गर्दै स्पेनलाई फािरकलो जित दिलाए ।

जितसँगै समूह ‘एफ’ मा रहेको स्पेनले तीन खेलबाट ९ अंक बनाएको छ । स्पेन समूहको शीर्ष स्थानमा छ । आइसल्यान्डले अंक बिहिन छ ।

समूहको अर्काे खेलमा स्वीडेनले माल्टालाई ३–० गोलले हरायो । जितसँगै तीन खेलबाट सात अंक स्वीडेन तालिकाको दोस्रो स्थानमा छ । तीन अंक बनाएको माल्टा चौथो स्थानमा छ ।श्रोत एजेन्सी

प्रतिक्रिया दिनुहोस