एपी खबर
जीतपुर, जेठ २५ बाराको जीतपुरसिमरा उपमहानगरपालिका जीतपुरमा आयोजीत सुन चाँदि ब्यवसायीहरुको नगर स्तरीय भेलाले १५ सदस्य जीतपुरसिमरा नगर स्तरिय तदर्थ कमिटि गठन गरेको छ । जीतपुरसिमरा नगर स्तरिय तदर्थ कमिटिको अध्यक्षमा प्रेमलाल साह सोनार रहनुभएको छ भने उपाध्यक्षमा गोकुल सुनार रहनुभएको छ ।
यसैगरी कमिटिको उपाध्यक्षमै गणेश प्रसाद गुप्ता, महासचिवमा ठहलबहादुर विश्वकर्मा, कोषाअध्यक्षमा जीतेन्द्र सर्राफ समर्पण, सचिवमा मनोहर साह सोनार रहनुभएको छ । यसैगरी सदस्यमा जुना सुनार, जगदिश साह सोनार, सुमित्रा विक, अरविन्द साह, अनिल कुमार विक, रविचन्द्र साह, लालकसष्ण गहतराज, रोजन विक र डमरु कामी रहनुभएको छ ।
सुन चाँदि ब्यवसायी संघ बाराका उपाध्यक्ष शिवजी साह सोनारको सभाअध्यक्षतामा सम्पन्न नगर स्तरीय भेलामा हरिशंकर प्रसाद, मनोहर सानी, मुखदेव साह, लक्षमण रसाइली लगाएतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस