आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बिश्व कप २०१९ उपाधिका दाबेदार मानिने अस्ट्रेलिया र भारतको भिडन्त आज

AuthorAP Khabar२०७६ जेष्ठ २६, आईतबार (४ साल अघि) ३५७ पाठक संख्या

२०७६ जेठ २६ आइतबार

इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार उपाधिका प्रमुख दुई दाबेदार राष्ट्र भारत र अष्ट्रेलिया भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३.१५ पछि लन्डन स्थित ओभल क्रिकेट मैदानमा सुरु हुने छ ।

विश्वभरका क्रिकेट पारखीलाई यो खेलले भरपूर मनोरञ्जन दिने अपेक्षा पनि गरिएको छ । विश्वकप उपाधि दाबेदार दुवै टोली पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागी हुँदै आएका छन् । विश्वकपको सर्वाधिक सफल टिम अष्ट्रेलियाले हालसम्म ५ पटक उपाधि जित्दा २ पटक फाईनलमा पराजित भएको छ । २ पटकको च्याम्पियन भारत १ पटक फाईनलमा पराजित भएको छ । अस्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले हराएको थियो । दोस्रो खेलमा भने अस्ट्रेलियाले वेस्ट इन्डिजलाई १५ रनले पराजित गरेको थियो ।

भारतले भने एक खेल खेलेको छ । भारतले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको छ । आजको खेलमा अष्ट्रेलिया लगातार तेस्रो र भारत दोस्रो जितको खोजिमा छन् । दक्षिण अफ्रिकाविरुद्ध १ सय २२ रन प्रहार गरेका रोहित शर्मा, कप्तान विराट कोहली, महेन्द्रसिंह धोनी, हार्दिक पान्ड्या र जसप्रित बुमराह भारतका प्रमुख हतियार हुन् । यी खेलाडीको उत्कृष्ट प्रर्दशन विना भारतको जित सम्भव देखिँदैन ।

भारत र अस्ट्रेलियाबीच यसअघि भएको भिडन्तमा अस्ट्रेलिया बलियो देखिएको छ । यसअघिका विश्वकपमा दुई टोली ११ पटक भिडेका छन् । त्यसमा अस्ट्रेलियाले आठ र भारतले तीन खेल जितेको छ ।

प्रतिक्रिया दिनुहोस