आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्वीडेनमाथि स्पेनकोसहज जित

AuthorAP Khabar२०७६ जेष्ठ २८, मंगलबार (४ साल अघि) ८५७ पाठक संख्या

२०७६ जेठ २८

युरो कप छनोट अन्तर्गत समूह ‘एफ’ को खेलमा स्पेनले स्वीडेनमाथि ३–० गोलको सानदार जित हात पारेको छ । सान्टियागो बर्नबेउमा सोमबार राति भएको खेलमा स्पेनलाई जिताउन कप्तान सर्जियो रामोस, अल्भारो मोराटा र माइकल ओयारजावालले गोल गरे ।

सहज जितसँगै अपराजित रहेको स्पेनको समूह ‘एफ’ मा ४ खेलबाट १२ अंक पुगेको छ । छनोटमा पहिलो हार बेहोरेको स्वीडेन ७ अंक जोेडेर दोस्रो स्थानमा यथावत रहेको छ । पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकिएपछि प्रतिस्पर्धात्मक बनेको खेलमा स्पेनले सबै गोल तर दोस्रो हाफमा गर्न सफल भएको हो । खेलको ६४औं मिनेटमा स्पेनले पेनाल्टी पायो । पेनाल्टीबाट गोल गर्दै रामोसले स्पेनलाई १–० गोलको अग्रता दिलाए । ८५औं मिनेटमा स्पेनले फेरी अर्को पेनाल्टी पायो । योपटक भने पेनाल्टी प्रहार गर्न मरोटा आए । उनले पेनाल्टीबाट सहजै गोलगरेसँगै स्पेनले २–० गोलको अग्रता बनायो । ८७औं मिनेटमा अर्का वैकल्पिक खेलाडी मिकेलले गोल गर्दै स्पेनलाई ३–० को सहज जित दिलाए ।

यही समूहको अर्को खेलमा रोमानियाले माल्टालाई ४–० को फराकिलो जित निकाल्यो । रोमानियाको फराकिलो जितमा जर्ज पुकासले दुई तथा एलेक्ससान्द्रु चिपसियु र डेनिस म्यानले समान १ गोल गरे ।

रोमानिया अन्तिम ११ मिनेट १० खेलाडीमा समेटिएको थियो । रोमानियाका एलेक्ससान्द्रु चिपसियु ८१औं मिनेटमा दोहोरो कार्ड खादै मैदानबाट बाहिरिएको थियो । जितसँगै रोमानियाको ४ खेलबाट ७ अंक पुगेको छ । माल्टा ३ अंकसहति पाँचौ स्थानमा छ ।

अर्को खेलमा नर्वेले फारोअ आइल्यान्डलाई २–० ले हरायो । जितसँगै नर्वे ५ अंक जोडेर चौथो तथा आइल्यान्ड अंकविहीन हुँदै पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस