आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विश्वकप क्रिकेटः न्युजिल्यान्ड र भारत आज भिड्दै

AuthorAP Khabar२०७६ जेष्ठ ३०, बिहिबार (४ साल अघि) ३८३ पाठक संख्या

जेठ ३० एजेन्सी । विश्वकप क्रिकेटमा बिहीबार न्युजिल्यान्ड र भारत भिड्दैछ । इंग्ल्यान्डको ट्रेन्ट ब्रिजमा दुवै टिमबीच आज प्रतिस्पर्धा हुने हुँदा कसले जित हात पार्ला भन्ने उत्सुक्ता सबैमा छ ।

न्युजिल्यान्ड यसअघि भएको तीन खेलमा नै जित हासिल गर्न सफल भएको छ । त्यस्तै भारत पनि यसअघिकाे दुई खेलमा विजयी बनेकाे छ ।

न्युजिल्यान्डले यसअघिको पहिलो खेलमा श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो। त्यसै गरी दोस्रो खेलमा दुई विकेटले बंगलादेशलाई पराजित गरेको थियो । भने तेस्रो खेलमा अफगानिस्तानलाई सात विकेटले पराजित गरेको थियो ।

त्यस्तै भारतले यसअघि पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो । भने दोस्रो खेलमा अष्ट्रेलियालाई ३६ रनले पराजित बनाएको थियो

आज हुने खेलमा न्युजिल्यान्डको टोलीमा केन विलियम्सन (कप्तान), मार्टिन गुप्टिल, कोलिन मुन्रो, हेनरी निकोलस, रस टेलर, टम लाथम, टम ब्लन्डेल, जिम्मी निशाम, कोलिन डे ग्रान्डहोम, मिचेल सान्टनर, टे«न्ट बोल्ट, टिम साउथी, माट हेनरी, लोकी फर्गुसन र इश सोधी ।

भारतको टोलीमा विराट कोहली (कप्तान) रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी, केएल राहुल, जस्प्रित बुमराह, शिखर धवन, रविन्द्र जडेजा, दिनेश कार्थिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर ।

नेपाली समयअनुसार दिउँसो ३ वजेर १५ मिनेटदेखि सुरु हुने खेलमा दुवै टोली विजेता बन्नका लागि जोरदार प्रयास गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस