आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विश्वकप क्रिकेट : वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको सानदार जित, रुटको शतक

AuthorAP Khabar२०७६ जेष्ठ ३२, शनिबार (४ साल अघि) ४५३ पाठक संख्या

जेठ ३२ एजेन्सी । एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता शुक्रबार राति सम्पन्न इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको खेलमा इंग्ल्यान्ड विजयी बनेको छ । वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा इंग्ल्यान्डले शानदार जित निकालेको हो ।

२ सय १३ रनको लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्डले ३३.१ ओभरमा २ विकेट गुमाउँदै ओपनर ब्याट्समेन जो रुटको शानदार शतकसँगैतेस्रो जित निकालेको हो ।

आफ्नो वान डे करियरको १६ औं शतक भने यस विश्वकपमा दोस्रो शतकका लागि रुटले ९४ बलको सहारा लिएका थिए । उनी ११ चौका सहित १ सय रन बनाउँदै अविजित रहे । बेन स्टोक्स १० रनमा पनि नट आउट रहे । अर्का ओपनर जोनी बेयरस्टो ४५ रनमा आउट भए ।क्रिस वोक्स र जो रुटले १ सय ४ रनको साझेदारी गरेका थिए । वेस्ट इन्डिजका लागि शैनन गेब्रियलले मात्रै २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ पाएको वेस्ट इन्डिजले ४४.४ ओभरमा अल आउट हुँदै २ सय १२ रन जोडेको थियो । निकोलस पुरनको सर्वाधिक ६३ रन बनाएका थिए । ओपनर इभिन लुईसलाई २ रन, अर्का ओपनर क्रिस गेल ३६, शाई होप ११ रनमा आउट भए । फितलो प्रदर्शनी देखिएको वेस्ट इन्डिज ८ विकेटले पराजित भयो ।

इंग्ल्यान्डका जोफ्रा आर्चरले ३, मार्क उडले पनि ३, जो रुटले २, लियाम प्लन्केट र क्रिस वोक्सले १(१ विकेट लिए । इंग्ल्यान्ड ४ खेलमा ३ जित निकाल्दै दोस्रो रहेको छ भने छैटौँ स्थानको इंग्ल्यान्ड पाँचौ खेल आगमी मंगलबार अफगानिस्तानसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस