आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

(Untitled)

AuthorAP Khabar२०७६ अषाढ ३, मंगलबार (४ साल अघि) ७२७ पाठक संख्या

वेस्ट इन्डिजमाथि बंगलादेशको ऐतिहासिक जित
असार ३

बंगलादेशले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हात पारेको छ । सोमबार राती वंगलादेशले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले ५० ओभरमा ८ विकेट गुमाउँदै तीन सय २१ रन बनाएको थियो ।

३ सय २२ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशले ४१.३ ओभरमा ३ विकेटको क्षतिमा सहजै पुरा गर्यो । बंगलादेशलाई सहज जित दिलाउन अलराउन्डर सकीब अल हसन र लिटन दास नायक सावित बने । उनीहरुले चौथो विकेटका लागि १ सय ८९ रनको अविजित साझेदारी गर्दै जितसम्म पुर्याए । सकिवले एक सय २४ रनको पारी खेले । ९९ बलमा सकिवले १६ चौका प्रहार गरे । यस्तै लिटनले ९४ रन बनाए । जसमा उनले ६९ बलमा आठ चौका र चार छक्का प्रहार गरे । बंगलादेशका ओपनर सौम्य सरकार २९ रनमा आउट भए ।

त्यसपछि दोस्रो विकेटका लागि तमिम इक्वाल र सकिव अल हसनले अर्धसतकिए साझेदारी गर्दै टिमको पारी सम्हालेका थिए । जसमा इक्वालले ४८ रन बनाए । तेस्रो नम्वरमा ब्याटिङमा आएका मुस्फिकुर रहमान मात्र एक रनमा आउट भएपछि बंगलादेशले एक सय ३३ रनमा तेस्रो विकेट गुमायो । वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र ओशन थोमसले समान १ विकेट लिए । अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २१ रन बनाएको थियो । वेस्ट इन्डिजलाई ठूलो योगफल तयार पार्न शाई होपले उत्कृष्ट ब्याटिङ गरे । आफ्नो वान डे करियरको सातौं शतक पुरा गर्न ४ रनले चुकेका होपले १ सय २१ बलमा ४ चौका र १ छक्का सहित ९६ रन बटुले । उनलाई बंगलादेशका मुस्तफित्जुर रहमानको बलमा लिटन दासले क्याच गरेपछि शतक बनाउनबाट चुकेका थिए । खेलमा ३ ब्याट्सम्यानले अर्धशतक पूरा गरे । इन्डिजका लागि इभान लुइसले ७० रन बनाए भने सिमरन हेटमायरले ५० रन बनाएका थिए ।

यस्तै, जसोन होल्डरले ३३ रन बनाउँदा निकोलस पुरनले २५ र ड्यारेन ब्राभोले १९ रन बनाए । इन्डिजविरुद्ध बंगलादेशका मुस्तफिजुर रहमान र मोहम्मद सैफिदीनले समान ३–३ विकेट लिँदा शाकिब अल हसनले दुई विकेट लिए । विश्वकपमा बंगलादेशले वेस्ट इन्डिजलाई पहिलो पटक हराएको हो ।

प्रतिक्रिया दिनुहोस