आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सर्लाहीमा अज्ञात समुहको गोली प्रहारबाट एक जना घाइते

AuthorAP Khabar२०७६ अषाढ १४, शनिबार (४ साल अघि) २६७ पाठक संख्या

असार १४ सर्लाही । सर्लाहीमा अज्ञात समुहको गोली प्रहारबाट एक जना घाइते भएका छन् ।

शनिबार मध्यान्ह साढे १२ बजे मोटरसाइकलमा आएका दुईजनाले गोली प्रहार गर्दा लालबन्दी नगरपालिका–१ ब्रम्हस्थानका ३० वर्षीय जयनाथ महतो घाइते भएका छन् । गोली लागेका महतोको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने समूह तथा उनीहरुले प्रयो गरेको मोटरसाइकल नम्बर खुलेको छैन ।

महतोको दाहिने कुईनामा गोली लागेको ईलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको छ । घाइते महतोको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । गोली कस्ले के कारणले प्रहार गरेको भन्नेबारे शुक्ष्म अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालयका सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिनुभयो ।

महतोे वैदेशीक रोजगारीबाट केही महिना अघि फर्किएका हुन् । उनी पछिल्लो समय घर निर्माणमा मजदुरको रुपमा काम गर्दैआएका छन् ।

प्रतिक्रिया दिनुहोस