आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

३५ किलो गाँजासहित दुई जना प्रहरीको हिरासतमा

AuthorAP Khabar२०७६ अषाढ १५, आईतबार (४ साल अघि) ३३७ पाठक संख्या

असार १५ गते ।

प्रतिबन्धित लागु औषध ओसारपसारमा संलग्न भएको अभियोगमा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । बहुदरमाई नगरपालिका–५ बर्वा टोलमा ३५ किलोग्राम गाँजासहित पक्राउ परेका उनीहरूलाई प्रहरीले शनिबार सार्वजनिक गरेको हो ।

नियमित जाँचका क्रममा नगरपालिकाको भौराटार निवासी वर्ष ५५ का मदन साह र भारत बिहारको समस्तीपुर निवासी वर्ष ३५ का आनन्दी महतोको साथबाट उक्त परिमाणमा गाँजा बरामद भएकाे प्रहरले जानकारी दिएकाे हाे । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अन्नतराम शर्माले बताए ।

गाँजा भारततर्फ लैजाने क्रममा दुई जनालाई पक्राउ गरिएको उपरीक्षक शर्माले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस