आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

उपाधिको दाबेदार टोलि इङ्ल्यान्ड र भारत भिड्दै

AuthorAP Khabar२०७६ अषाढ १५, आईतबार (४ साल अघि) ३४७ पाठक संख्या

असार १५ एजेन्सी ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (आइतबार) उपाधिको दावेदार टोली आयोजक इङ्ल्यान्ड र भारत भिड्दैछन् । एजबास्टन मैदानमा ३ः१५ बजेदेखि सुरु हुने खेल प्रतिस्पर्धात्मक बन्ने अनुमान गरिएको छ । दुई पटकको विश्वकप च्याम्पियन भारत जारी विश्वकपमा अपराजित छ । भारत आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ । यसैगरी इङ्ल्यान्ड पनि बलियो भारतलाई रोक्दै सेमिफाइनल यात्रा सहज बनाउने अभियानमा छ ।

जारी विश्वकपमा भारतले खेलेको ६ खेलमा पाँच खेल जितेको छ । भारतको एक खेल भने वर्षाका कारण रद्ध भएको थियो । भारतले तालिकामा ११ अंक बनाएको छ । भारतको सबै पक्ष सन्तुलित छ । यसैगरी सात खेल खेलिसकेको इङ्ल्यान्डले चार खेलमा जित र तीन खेलमा हार खेपेको छ । इङ्ल्यान्डको आठ अंक छ । अहिले इङ्ल्यान्डको ब्याटिङ, बलिङ र फिल्डिङ राम्रो छ ।

घरेलु मैदान र समर्थकको साथले पनि इङ्ल्यान्डलाई बलियो बनाएको छ । विश्वकपमा यसअघि यी दुई टोली सात पटक भिडेका छन् । दुवै टोलीले तीन तीन खेल जितेका छन् । एक खेल अनिर्णित बनेको थियो । अहिलेसम्म विश्वकप जित्न नसकेको इङ्ल्यान्डलाई यसपटक घरेलु मैदानमा उपाधि जित्ने मौका छ । त्यसैले भारतविरुद्ध इङ्ल्यान्ड खरो रुपमा प्रस्तुत हुनेछ । भारतले सन् १९८३ र सन् २०११ को विश्वकप उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस