आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

टी–२० विश्वकप छनौटको लागि नेपाली टोलीको घोषणा

AuthorAP Khabar२०७६ अषाढ १५, आईतबार (४ साल अघि) ३३९ पाठक संख्या

असर १५ काठमाडौं,

आईसीसी विश्व टी–२० एशिया फाइनल २०१९ छनौट प्रतियोगिताको लागि नेपाली टोलीको घोषणा भएको छ ।

सिंगापुरमा आयोजना हुने एशियाली क्षेत्रको उक्त छनोट प्रतियोगिताको लागि प्रदिप ऐरीेले अन्तिम टोलीमा स्थान बनाएका छन् । त्यस्तै टोलीका नियमित सदस्य आरिफ शेखले भने उक्त सूचीमा अटाएका छैनन् ।

जुलाई २० देखि २८ तारिखसम्म हुने प्रतियोगिताका लागि तयारी स्वरुप नेपालले मलेसियामा दुईवटा मैत्रीपूर्ण टी–२० खेल पनि खेल्नेछ । नेपाली टोली आगामी जुलाई ९ मा मलेसिया लाग्ने र त्यहाँ एक हप्ता अभ्यास गर्ने तालिका रहेको छ । जुलाई १३ र १४ तारिखमा नेपालले दुई वटा खेल खेल्ने यसअघि पक्का भइसकेको छ । टोलीमा कप्तानको जिम्मेवारी पारस खड्कालाई नै दिइएको छ । त्यस्तै ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी र विनोद भण्डारी रहेका छन् ।

त्यस्तै स्टार लेगस्पीनर सन्दीप लामिछानेका साथ ग्लोबल टी–क्यानडाको लागि छनौट भएका पेशर सोमपाल कामी पनि टोलीमा छन् । युवा खेलाडीहरु करन केसी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल, ललित राजवंशी, पवन शर्राफ र अभिनाश बोहोरा पनि टोलीमा रहेका छन् ।

त्यस्तै टी–२० मा कुशल मानिएका प्रदिप ऐरी पनि टोलीमा छानिएका छन् । कुशल भुर्तेल, जितेन्द्र मुखीया, आरिफ शेख र सुसन भारी भने वैकल्पिक खेलाडीको सूचीमा रहेका छन् ।

आईसीसीका प्रतिनिधी अमिनुल इस्लामको अध्यक्षता रहेको छनौट समितिले यस टोलीको अन्तिम छनौट गरेको नेपाली क्रिकेट टोलीका व्यवस्थापक रमण शिवाकोटीले बताएका छन् । उक्त समितिमा मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का पनि सदस्य रहेका छन् । श्रोत टिभी अन्नपुर्ण

प्रतिक्रिया दिनुहोस