आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

इङल्याडसँग हारेपछि विश्वकपमा धोनीको प्रदर्शनबारे मुख खोले कोहलीले

AuthorAP Khabar२०७६ अषाढ १६, सोमबार (४ साल अघि) ४१३ पाठक संख्या

असार १६ एजेन्सी |

भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीले जारी विश्वकप क्रिकेट २०१९ मा अपेक्षाकृत प्रदर्शन गर्न सकिरहेका छैनन् । पछिल्लो क्रममा आएर विस्फोटक ब्याटिङ गरी खेल जिताउने छबि बनाएका धोनी यो विश्वकपमा रन जोड्न संघर्षरत देखिँदै आएका छन् ।

खतरनाक ‘फिनिसर’ का रुपमा चिनिएका धोनीले खेलका अन्तिम ओभर बाँकी रहँदा समेत सुस्त सुरुवात गरिरहेका छन् । चौका–छक्का प्रहार गर्न त झनै संघर्ष गरिरहेका छन् ।

विश्वकपमा आइतबार राति सम्पन्न खेलमा इङल्याण्डसँग ३१ रनले पराजित भएपछि भारतीय टोलीका कप्तान विराट कोहलीले पूर्व कप्तान धोनीको प्रदर्शनबारे टिप्पणी गरेका छन् । यसअघिका ६ खेलमध्ये एक वर्षाका कारण रद्द भएको थियो भने बाँकी ५ वटै खेलमा भारत विजयी भएको थियो ।

‘मलाई लाग्छ धोनी बाउन्ड्रीका लागि कडा मेहनत गरिरहेका छन् तर त्यो भइरहेको छैन,’ बर्मिङघममा खेलपछिको पत्रकार भेटघाटमा कोहलीले भने । अफ्गानिस्तानविरुद्धको खेलमा धोनीले ५२ बलमा २८ रनमात्र बनाएपछि क्रिकेट लिजेन्ड सचिन तेन्दुलकरले समेत धोनीको आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस