आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

१ लाख ५० हजार घुसको बैंक भौचर सहित शिक्षाका कर्मचारी पक्राउ

AuthorAP Khabar२०७६ अषाढ १७, मंगलबार (४ साल अघि) ३८९ पाठक संख्या

असार १७ काभ्रे,
शिक्षा विकास समन्वय इकाई धुलिखेलमा कार्यरत सव इञ्जिनियर धनवीर भगत घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले सव इञ्जिनियर भगतलाई १ लाख ५० हजार घुस लिएको आरोपमा आज मंगलबार नियन्त्रणमा लिएको हो । शिक्षा विभाग सानोथिमिमा दरवन्दी रहेका सव इञ्जिनियर भगत मण्डनदेउपार नगरपालिका र महाभारत गाउपालिकाको १७ वटा विद्यालयको मर्मत कार्य हेर्दै आएका थिए ।

भगतले एक विद्यालयको पुनर्निर्माणको तेस्रो किस्ता रोकेर घुस मागेको खबर पाएपछि अख्तियारको टोली काभ्रे आएको थियो । सव इञ्जिनियर भगतले आफ्ना सहयोग शिक्षाकै पुर्व कर्मचारी निरजकुमार चौधरी मार्फत घुस रकम लेनदेन गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । डेढ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका उनीसँग नगद भने बरामद भएन । तर बैंक भौचर बरामद भयो । उनले घुस बापतको रकम आफ्नो बैंक खातामा जम्मा गराउन लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस