आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पेरु कोपा अमेरिकाको फाइनलमा, चिली ३-०ले पराजित

AuthorAP Khabar२०७६ अषाढ १९, बिहिबार (४ साल अघि) ३५५ पाठक संख्या

असार १९
साबिक विजेता चिलीलाई हराउँदै पेरु कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा पेरुले चिलीलाई ३-० गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको हो । यो सँगै अब पेरुले फाइनलमा ब्राजिलको सामना गर्दैछ ।

चिलीलाई पराजित गर्ने क्रममा पेरुले दुई गोल पहिलो हाफमा गरेको थियो भने तेस्रो गोल ९१ ‌औं मिनेटमा गरेको थियो । २१ औं मिनेटमा इडिसन मिचेल पिरिएल्टाले एन्ड्रे मार्टिन केरिलियोको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।

त्यसको १७ मिनेट पछि पेरुले गोल संख्या दोब्बर बनायो । ३८ औं मिनेटमा केरिलियोकै सहयोगमा भिक्टर फालेर्सले गोल गरेका थिए । पहिलो हाफमा २–० काृे अग्रता बनाएको पेरुले दोस्रो हाफमा पनि उत्कृष्ट प्रदर्शन गरेको थियो ।

२–० ले पछि परेको चिलीले गोल गर्ने थुप्रै प्रयास गरेपनि सफल हुन सकेन् । पहिलो हाफमा २ गोल गरेकाे पेरुले अन्तिम समयमा १ गाेल थपेकाे थियाे । ९१ ‌औं मिनेटमा पाउलाे गुरेराेले गाेल थप्दै ३-० काे जित दिलाए ।

प्रतिक्रिया दिनुहोस