आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विश्वकप क्रिकेट : इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश, न्युजिल्याण्ड ११९ रनले पराजित

AuthorAP Khabar२०७६ अषाढ १९, बिहिबार (४ साल अघि) ३५३ पाठक संख्या

असार १९ ।

घरेलु टोली इंग्ल्यान्ड एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राती न्युजिल्यान्डलाई १ सय १९ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । इंग्ल्यान्ड सेमिफाइनलमा पुग्ने तेस्रो टिम बनेको छ । यसअघि अस्ट्रेलिया र भारतले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।

३०६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले खराब प्रदर्शन गर्दै ४५ ओभरमा सबै विकेटको क्षतिमा १८६ रन मात्रै बनाउन सक्यो । न्युजिल्यान्डका लागि टोम नाथमले ५७ रन बनाउँदा रोस टायलरले २८ र कप्तान केन विलियम्सनले २७ रनको योगदान दिए । एक रन हुँदा पहिलो विकेट गुमाएको न्युजिल्यान्डले १४ रन हुँदा दोस्रो विकेट गुमाएको थियो ।

इंग्ल्यान्डको जितमा मार्क उडले ९ ओभरमा ३४ रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै क्रिस वोक्स,जोफ्रा आर्चर,लियाम प्लन्केट,बेन स्टोक्स र आदिल राशिदले समान १ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५ रन बनाएको थियो । इंग्ल्यान्डका लागि जोनी बैरस्टोव र ज्यासन रोयले उत्कृष्ट प्रदर्शन गर्दै १२३ रनको साझेदारी गरे । जोनीले ९९ बलमा १५ चौक र एक छक्का प्रहार गर्दै १०६ रन बनाए । त्यस्तै रोयले ६० रन बनाए ।

कप्तान इयोन मोर्गन भने ४२ रनमा आउट हुँदा जोइ रुटले २४ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्ट, मट हेनरी र जेम्स निसामले समान २/२ विकेट लिए ।

इंग्ल्यान्ड ९ खेलमा ६ मा जित र ३ मा हारका साथ १२ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । न्युजिल्यान्ड पनि ९ खेलमा ५ मा जित र ३ मा हारका साथ ११ अंक बटुल्दै चौथो स्थानमा

प्रतिक्रिया दिनुहोस