आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रोनाल्डोसँगै खेल्न पाउँदा बुफोन दंग

AuthorAP Khabar२०७६ अषाढ २०, शुक्रबार (४ साल अघि) ३८८ पाठक संख्या

असार २०

इटालीका पूर्व गोलकिपर जियानलुइगी बुफोन फेरी युभेन्टस फर्किएका छन् । टोलीमा उनले क्रिस्टियानो रोनाल्डोसँगै खेल्न पाउने भएकोमा दंग परेको प्रतिक्रिया दिएका छन् ।

स्टार फुटबलर रोनाल्डोसँग एउटै क्लबमा खेल्ने अवसरलाई उनले ‘शानदार उपहार’ भनेका छन् । ४१ वर्षीय बुफोनले भने , ‘करियरको अन्तमा मैले पीएसजीबाट नेमार र किलियन एमबाप्पेसँग खेल्न पाएँ । अब मैले रोनाल्डोसँगै खेल्न पाउँदैछु । यसको लागि युभेन्टसलाई धन्यवाद ।’

उनले थपे, ‘मेरो जस्तो इतिहास र अनुभव भएको खेलाडीले, यस्तै शानदार उपहारसँगै करियरको अन्त्य गर्न पाउनु उपयुक्त हुन्छ । ’

फुटबल करियरको शुरुवात देखिनै इटालीयन क्लब युभेन्टसमा रहेका उनले सन् २०१२ यता क्लबको कप्तानी पनि गरेका थिए । अघिल्लो सिजन फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लागेका उनी फेरी पुरानै क्लबमा फर्किएका हुन् ।

पीएसजीले उनलाई क्लबमै रहन अनुरोध गरेपनी बुफोन इटाली फर्किएका छन् । यसअभि १७ वर्षसम्म युभेन्टसमा खेलेका उनी पुरानै क्लब फर्किन पाएकामा दंग छन् । अहिले भने बुफोनले १ वर्षको लागि मात्र करार गरेका छन् ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस