आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लोकसेवाको विज्ञापन रोक्न दिइएको निर्देशनलाई लिएर समितिमा विवाद

AuthorAP Khabar२०७६ अषाढ २०, शुक्रबार (४ साल अघि) २६० पाठक संख्या

असार २०
काठमाडौं : संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा लोकसेवा आयोगको विज्ञापन रोक्न दिइएको निर्देशनलाई लिएर विवाद भएको छ । समितिको आज बसेको बैठकमा सदस्यहरुले स्थानीय तहको कर्मचारी भर्ना रोक्न यसअघि दिइएको निर्देशन गलत भएको भन्दै प्रश्न उठाएका हुन् ।

बैठकमा सत्तारुढ नेकपाका सदस्य विजय सुब्बाले आयोगलाई दिइएको निर्देशनमा गल्ती गरिएछ भनेर स्वीकार गर्न सभापति शशी श्रेष्ठसँग माग गरे ।

बैठकमा कांग्रेसका तर्फवाट प्रतिनिधित्व गर्ने सदस्यहरुले लोकसेवा आयोगले खुलाएको विज्ञापन समावेशी भए-नभएको पुनः आयोगसँग बुझ्नुपर्ने बताए । लोक सेवा आयोगबारे जनतामा गलत सूचना गएकाले सच्याउनुपर्ने माग कांग्रेस सदस्यहरुको थियो ।

सदस्यको सुझाव अनुसार समितिले आयोगसँग पुन छलफल गर्ने निर्णय गरेको छ । समितिले दिएको निर्देशन विपरित सर्वोच्च अदालतले सो विज्ञापन नरोक्न आदेश दिएपछि समितिको निर्णयमा प्रश्न उठेको हो ।

प्रतिक्रिया दिनुहोस