आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सहिद परिवारलाई जिविकोपार्जनका लागि मन्त्री यादव द्वरा दुधालु भैंसी सहित नगद हस्तान्तरण ।

AuthorAP Khabar२०७६ अषाढ २१, शनिबार (४ साल अघि) ३२६ पाठक संख्या

अमित ठाकुर।रौतहट। अषाढ २१।

रौतहट जिल्लामा मधेश अान्दोलनमा सहिद र गम्भीर घाईते भएका परिवार जनका लागि दुधालु भैँसीका साथै ३० हजार नगद हस्तान्तरण गरेका छन्।प्रदेश २ को भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले मधेस आन्दोलन र जनआन्दोलनका सहिद भएका र गम्भीर घाइते भएका परिवारलाई दुधालु भैंसी वितरण प्रदेश नंबर २ का जिल्लाभरीमा सुरु गरेका छन। सदरमुकाम गौरमा रहेको पशु कार्यालयमा एक कार्यक्रम बिच कृषि राज्यमन्त्री योगेन्द्र यादवले रौतहटको गौर मा ९ जना मधेस आन्दोलनका क्रममा सहिद भएका परिवार जनलाई दुधालु भैंसी र नगद हस्तान्तरण गरेका छन् ।

सहिद र घाइते परिवारलाई जीविकोपार्जनका लागि आर्थिक आर्जन गर्न दुधालु भैंसी वितरण गरिएको राज्यमन्त्री यादव बताए । वितरण गरिएका भैंसीको दूध ५ देखि ७ लिटरसम्म दूध दिने छमता रहेको राज्य मन्त्री यादवले जनाएको छ ।

केही तत्वले मेरो बारेमा गलत प्रचार प्रसार गरिरहेकोले त्यसता ब्यक्ति पछाडि नलाग्न र अाफुले गरेको बिकाश जन्ताले अाफै मुल्यांकन गर्ने सहिद परिवारका लागि पहिलोपटक सहयोग भएको अाउने दिनमा प्रदेश सरकार सहिद परिवारका लागि विभिन्न योजना ल्याउने राज्य मन्त्री यादवले अाश्वासन दिएका छन्।

प्रतिक्रिया दिनुहोस