आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कांग्रेस केन्द्रीय समितिको बैठक आजबाट शुरु हुँदै

AuthorAP Khabar२०७६ अषाढ २२, आईतबार (४ साल अघि) ३४० पाठक संख्या

असार २२
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजबाट शुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने बैठकमा भ्रातृ र शुभेच्छुक संस्थाको महाधिवेशन तयारीका विषयमा छलफल गर्ने कार्यसूचि छ ।

त्यस्तै तत्कालीन विजयकुमार गच्छदार पार्टीसँग भएको एकताको बाँकी काम, जागरण अभियानको प्रतिवेदन बुझ्ने, समय सकिएका भ्रातृसंस्थालाई समय थप्ने सहितका एजेन्डामा पनि बैठकमा समावेश गरिएको छ ।

बैठकमा रामचन्द्र पौडेल र कृष्णप्रसा सिटौला पक्षले पार्टी संरचना तदर्थ नभई निर्वाचनबाट गठन गर्नुपर्ने, भ्रातृसंस्थाको महाधिवेशन छिटो गर्नुपर्ने, विभाग गठनमा भागबन्डा गर्नुपर्ने एजेण्डा राख्ने तयारी गरेका छन् ।

सभापति शेरबहादुर देउवाको भने सातवटा प्रदेश समिति गठनका लागि सहमतिमा भागबन्डाको प्रस्ताव गर्ने तयारी छ । त्यस्तै ३० वटा केन्द्रीय विभागमध्ये आफूले १६ वटा राखेर पौडेल–सिटौला पक्षलाई १४ वटा विभाग दिने तयारी पनि संस्थापनले गरेको छ ।

प्रतिक्रिया दिनुहोस