आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मुम्बईमा बन्धक पाँच किशोरको उद्धार, अझै ४५ किशोर बन्धक अवस्थामा

AuthorAP Khabar२०७६ अषाढ २२, आईतबार (४ साल अघि) २५६ पाठक संख्या

असार २२ काठमाडौं,

राम्रो काम दिलाइदिने प्रलोभन देखाएर दलालले मुम्बई पुर्‍याई बन्धक बनाएका सिरहा, सप्तरी र उदयपुरका पाँच दलित किशोरलाई साढे नौ महिनापछि उद्धार गरिएको छ ।

‘पाँच दलित किशोर मुम्बईमा नौ महिनादेखि बन्धक’ शीर्षकमा ८ असारमा नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि राष्ट्रिय मानवअधिकार आयोगको पहलमा दिल्लीस्थित नेपाली दूतावासले उद्धार गरेर घर फर्काएको हो । उनीहरू बिहीबार साँझ आइपुगेका छन् ।

सिरहाको लहान नगरपालिका–१५ लग्राहाका १४ वर्षीय विजय सदाय र १६ वर्षीय सरोज सदाय तथा सप्तरीको बोदेबर्साइन नगरपालिका–६ प्रीतमपुरका १४ वर्षीय प्रमोदकुमार सदाय, १४ वर्षीय ललकु सदाय र उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाटका १६ वर्षीय अक्षय सदायको उद्धार भएको हो ।

दलाल रवि महतोले नै लगेका सिरहा सखुवानन्कारकट्टी गाउँपालिका–२ मिर्जापुरका १५ र भगवानपुर गाउँपालिकास्थित इनर्वा लालपुर गाउँका ३० किशोर अझै बन्धक बनाइएको फर्किएका पीडितले बनाएका छन् । उनीहरूका अनुसार आफूहरूलाई घर फर्काउनुअघि महतो नगर क्षेत्र पुगेका थिए ।

महतोले बाटो खर्च भन्दै पाँच–पाँच हजार दिएर लहान प्रहरीमा आफूविरुद्ध परेको उजुरी फिर्ता लिन बाबुआमालाई सम्झाउनु भन्दै धम्क्याएको विजय सदायले बताए । ‘उजुरी फर्ता लिए नौ महिनासम्म काम गरेको रकम दिन्छु, अन्यथा तिमीहरूलाई जे पनि गर्न सक्छु भन्दै धम्क्याएका छन्,’ उनले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस