आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पार्टी र सरकार सञ्चालनमा भएको कार्यशैली प्रति तिव्र सांसदहरुको असन्तुष्टि 

AuthorAP Khabar२०७६ अषाढ २२, आईतबार (४ साल अघि) ३०० पाठक संख्या

काठमाडौ, २२ असार । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को संसदीय दलको बैठकमा सांसदहरुले पार्टी र सरकार सञ्चालनमा भएको कार्यशैली प्रति तिव्र असन्तुष्टि पोखेका छन् । खासगरी पार्टी एकिकरणप्रक्रिया पुरा नभएको, सरकारले विधेयकहरु पार्टीमा छलफल नगरी लैजानाले असफल भएको, सरकारको काम प्रभावकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । पार्टी अध्यक्षद्धयले भने बैठकमा उठेका विषयको सम्बोधन गर्ने प्रतिवद्धता गरेका छन् ।

शनिबार बसेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को संसदीय दलको बैठकमा सांसदहरुले पार्टी र सरकारको काम प्रभावकारी हुन नसकेको भन्दै आलोचना गरेका छन् ।

असार १६ गतेदेखि जारी नेकपाको संसदीय दलको बैठकमा शनिबार २२ जना सांसदले आफ्नो धारणा राखेका थिए । बोल्ने अधिकांश सांसदले पार्टी एकिकरण प्रक्रियाको बाँकी काम छिट्टै सम्पन्न गर्न पार्टी नेतृत्वसँग माग गरेका छन् । साथै सरकारले संसदमा विधेयकहरु लैजादा पार्टीमा छलफल नगरी लैजानाले सरकार सफल नभएको भन्दै आगामी दिनमा पार्टीमा प्रशस्त छलफल गरेर मात्र विधेयक लानुपर्ने बताएका छन् । शनिबारको बैठकमा पार्टी अध्यक्षद्धयले सम्बोधन गर्दै बैठकमा उठेको विषयहरुमा आफुहरुको ध्यानाकर्षण भएको बताएका छन् ।

नेकपा भित्र पार्टी एकताको बाँकी काम सम्पन्न गर्न शिर्ष नेतृत्वलेनै ढिलाइ गरेको आरोप नेताहरुले लगाउने गरेका छन् । पार्टीमा सांसदको कुरा सुनुवाइ नभएको, सरकारका मन्त्रीहरुले सांसदले लगेको आयोजना र विकास निर्माणका कामलाई प्राथमिकता नदिएको विषयपनि संसदीय दलको बैठकमा उठेको छ । सरकारका कामलाई प्रभावकारी बनाउन संसदीय दलको बैठकलाई गतिशिल बनाउनुपर्ने धारणा सांसदहरुले राखेका छन् ।

सांसदहरुले बिकास निर्माणको काममा आफ्नो क्षेत्रमा पर्याप्त बजेट नपुगेको भन्दै बैठकमा कुरा उठाएको सांसद लेखराज भट्टले जानकारी दिए ।

बैठकमा पार्टी अध्यक्षद्धयले पार्टी र सरकारको कामलाई प्रभावकारी बनाउनको निम्ति सांसदहरुसँग सम्बाद जारी राख्ने बताएका छन् । साथै बैठकमा उठेको विषयलाई आगामी दिनमा सम्बोधन गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । अध्यक्षद्धयले पार्टी एकताको बाँकी प्रक्रिया यही महिनाभित्रै टुंगाउने प्रतिवद्धता व्यक्त गरेको सांसद रामकुमारी झाँक्रिले जानकारी दिइन् ।

संसदीय दलको बैठक फेरी बस्नेछ तर मिति तय गरिएको छैन । अध्यक्षद्धयको समयानुकुल अर्को बैठक बोलाइने जनाइएको छ । नेकपाभित्र चुलिदै गएको विवादलाई साम्य पार्नको निम्ति सांसदहरुले उठाएको विषयवस्तुलाई पार्टी नेतृत्वले गम्भिर भएर कार्यान्वयनमा जोड दिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस