आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

उपप्रधानमन्त्री यादवले नै गरे सरकारको चर्को आलोचना

AuthorAP Khabar२०७६ अषाढ २२, आईतबार (४ साल अघि) ४४४ पाठक संख्या

असार २२
वीरगञ्ज : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधानले दिएका अधिकार पनि खोेसेर सत्ता कब्जाको षड्यन्त्रमा कम्युनिष्ट नेतृत्वको सरकार लागेको आरोप लगाएका छन् । वीरगञ्जमा मधेसी स्वास्थ्यकर्मी फोरमले आयोजना गरेको कार्यक्रममा उनले सरकारको नेतृत्व गरेपनि नेकपा चरम विवादमा फसेको बताएका हुन् ।

समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका यादवले प्रदेश सरकारलाई संविधानले दिएका अधिकारहरू पनि कम्युनिष्ट नेतृत्वको संघीय सरकारले खोसेको बताए । प्रदेश सरकारको आफ्नै शासन र प्रशासन हुनुपर्ने भन्दै उपप्रधानमन्त्री यादवले स्थानीय तहलाई प्रदेश सरकारको मातहतमा ल्याइनुपर्ने पनि उल्लेख गरे ।

नयाँ संबिधानले स्थापित गरेको संघीयता, समावेशी, गणतन्त्र, धर्म निरपेक्षतालाई बचाउँदै अधिकारको लागि थप संघर्ष आवश्यक रहेको पनि उनले बताए । संघीय सरकार कुनै एक वर्ग वा जाति विशेषको जस्तो देखिएको आरोपपनि उनले लगाए । सत्तारुढ नेकपासँगै प्रतिपक्ष कांग्रेस समेत पछिल्लो समय बैचारिक रुपमा स्पष्ट नरहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस