आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ठूलो परिमाण लागुऔषधसहित दम्पती पक्राउ

AuthorAP Khabar२०७६ अषाढ २२, आईतबार (४ साल अघि) ३६० पाठक संख्या

असार २२

टेलरिङ व्यवसायको आडमा ललितपुर महानगरपालिका ११ मा लागुऔषध कारोवार गर्दै आएका दम्पतीलाई लागुऔषध नियन्त्रण व्युरो कोटेश्वरको टोलीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा रामेछापको दोरम्बा गाउँपालिका ७ का २५ वर्षीय सुरेन नगरकोटी र उनकी श्रीमती २१ वर्षीया अजिता गुरुङलाई पक्राउ गरेको व्युरोका प्रवक्ता एसपी कृष्ण प्रसाईंले जानकारी दिए । ललितपुर महानगरपालिका ११ मा संचालन गरेको टेलरिङ पसलमा लुकाएर राखेको अवस्थामा ठूलो परिमाणमा लागुऔषध बरामद भएको उनले बताए ।

प्रहरीले पसलबाट डाईजेपाम १७८३ एम्पुल, बुप्रोनोर्फिन २१२१ एम्पुल र फेनारगन १२०१ एम्पुल बरामद गरेको जनाएको छ । विभिन्न ब्राण्डका ३६ वटा मोवाइल, तीन थान आइप्याड र एक लाख ५० हजार नगदसमेत बरामद भएको प्रसाईंले बताए ।

प्रारम्भिक अनुसन्धानबाट नगरकोटी लामो समय देखि लागू औषधको कारोबार गर्दै आईरहेको खुलेको छ । बरामद भएका मोवाइल सेट र आइप्याड लागु औषध सेवनकर्ताकाे भएकाे प्रहरीले जनायाे । ‘लागुऔषध सेवन गरेवापत धरौटीमा राखिएका मोवाइल सेट भएको खुलेको छ,’ प्रसाईले भने् ।सभार नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस