आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चापाकल चलाउंदा करेन्ट लागेर एक महिलाको मृत्यु

AuthorAP Khabar२०७६ अषाढ २२, आईतबार (४ साल अघि) ३८४ पाठक संख्या

जनकपुरधाम, असार २२ गते ।
धनुषा जिल्लाको धनुषाधाम नगरपालिका १ काशिपुर टोलमा चापाकल चलाउने क्रममा एक महिलाको मृत्यु भएको छ ।
शनिवार राति विद्युतिय मोटर जडान गरिएको चापाकल चलाउने क्रममा करेन्ट लागेर हरिनारायण यादवकी श्रीमति विमलादेवी यादवको मृत्यु भएको छ । प्रत्यक्षदर्शीका अनुसार मोटरबाट चापाकलमा करेन्ट प्रवाह भएर उनलाई करेन्ट लागेको हो ।
बिमलाले पानी निकाल्नको लागि चापाकल चलाउने क्रममा मोटरबाट चापाकलमामा करेन्ट प्रवाह भएपछि करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनका शव पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा ल्याएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस