आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुई यात्रुबाहक बस ठोक्किँदा चालकसहित १४ घाइते

AuthorAP Khabar२०७६ अषाढ २५, बुधबार (४ साल अघि) ३१९ पाठक संख्या

असार २५ सिरहा ।

पूर्व–पश्चिम सडक अन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका ११ सोनापुर खण्डमा बुधबार दिउँसो दुई यात्रुबाहक बस आपसमा ठोक्किँदा बसका चालकसहित १४ जना घाइते भएका छन् ।

लहानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार राजविराजबाट सिरहा माडरतर्फ गइरहेको ना.४ख ६७४३ र काँकडभिट्टाबाट काठमाडौंका लागि जाँदै गरेको ना. ७ ख ५३८२ नम्बरको यात्रुबाहक बस बुधबार दिउँसो करिब १ बजेतिर ठोक्किँदा ६७४३ नम्बरको बसका चालकसहित १४ जना घाइते भएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख मिलन सिंह बस्नेतका अनुसार धनगढीमाई ५ घर भएका ३० वर्षीय बस चालक श्रीनारायण ठाकुरको पेट र दाहिने खुट्टामा चोट लागेको र बान्ता भएपछि न्यूरो अस्पताल विराटनगर रेफर गरिएको छ । उनलाई तत्काल जिरोमाइलस्थित महाबौद्ध हेल्केयरमा उपचार गरी थप उपचारका लागि विराटनगर रेफर गरिएको हो । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको छ । बाँकी घाइतेहरुको सोनापुस्थित श्रमजीवी केयर अस्पताल र मुसहर्नियास्थित आरके मेडिसिटी अस्पतालमा उपचार भइरहेको बस्नेतले बताए ।

को को छन् घाइते ?
ना.४ ख ६७४३ नम्बरको बसमा सप्तरीको खडक नगरपालिका ८ का करिब ४९ वर्षीय विमल चौधरी, खडक १० का ३५ वर्षीया जसो चौधरी, सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ५ का २७ वर्षीय मनोजकुमार सदाय, मिर्चैया नगरपालिका ६ की २२ वर्षीया सीता सदाय, लहान ६ का ३१ वर्षीय कपिलदेव साफी घाइते घएका छन् । नवराजपुर गाउँपालिका ६ का ३५ वर्षीय जोगिन्द्र मल्लिक, उनका १० वर्षीय छोरा मिथिलेशकुमार मल्लिक, नवराजपुर १ का ६० वर्षीय दोहरी यादव, भारतको दरभङ्गा खुटौनाका ६२ वर्षीय बुचन मल्लिक दुर्घटनामा घाइते भएका छन् ।

त्यस्तै, ना.७ ख ५३८२ नम्बरको बसमा मोरङ सुन्दरहरैचा नगरपालिका ४ की ९३ वर्षीया इन्द्रमाया खड्का, १ का ६८ वर्षीय होमबहादुर खड्का, सर्लाही बागमती नगरपालिका ३ की ३८ वर्षीया अनिता सिहं, बस चालक चितवन भरतपुर महानगरपालिका ८ बस्ने ४१ वर्षीय कृष्ण प्रसाद भट्टराई सामान्य घाइते भएका छन् । चालक भट्टराई इलाका प्रहरी कार्यालय धनगढीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस