आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दश लाख फिरौतीमा श्रीमतीको हत्या

AuthorAP Khabar२०७६ अषाढ २६, बिहिबार (४ साल अघि) ३३४ पाठक संख्या

असार २६

पोखरा,
पोखरा १० रामबजारमा बस्दै आएका एक युवाले श्रीमतीको हत्या गरेर जङ्गलमा फालेका छन् । मकवानपुर घर भई पोखरा १० रामबजारमा मोबाइल पसल गरी बस्ने ३५ वर्षीय रमेश परियारले श्रीमती २८ वर्षीया लक्ष्मी परियारको केही व्यक्तिलाई दश लाख रुपैयाँ दिई हत्या गराएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार अहिले श्रीमानसहित अर्का एकजनालाई पक्राउ गरिएको छ भने अनुसन्धानका क्रममा श्रीमतीको हत्या गर्न रमेशले दश लाख दिएको खुल्न आएको छ ।

रमेशले बारम्बार प्रहरीसँग आएर कुरा गर्दा उनीमाथि नै शङ्का गरी अनुसन्धान थाल्दा हत्या गरेको स्वकार गरिसकेको प्रहरीले जानकारी दिएको छ ।

असार १ गते श्रीमतीलाई औषधि गर्न जाने भन्दै पोखरा २२ पुम्दिभुम्दिस्थित ठुल्ढुङगाको जङ्गलमा हत्या गरी फालेको अवस्थामा प्रहरीले कङ्काल मात्र फेला पारेको हो । सिद्धार्थ राजमार्गबाट करिब ५ सय मिटर तल पोखरा २२ पुम्दिभुम्दिको ठुल्ढुङगाको जङ्गलमा कङ्काल भेटिएको थियो ।

कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीसहितको टोलीले घटनाको अनुसन्धान थालेको छ । लक्ष्मीको कङ्काल बुधवार बिहान फेला परेको हो । लक्ष्मीका श्रीमानले श्रीमती हराएको भन्दै वडा तथा प्रहरीमा खोजी गर्न निवेदनसमेत दिएका थिए ।
पोखरा महानगरपालिका वडा नं. १५ रामबजारका वडा अध्यक्ष प्रकाश पौडेलले हत्या भएको दिन देखि करिब एक हप्ताबढि निरन्तर वडा कार्यालय समेत धाएको बताए । श्रीमती हराएकै दिन बिहान ११ बजेर ३५ मिनेटमा वडा अघि बाटै गएको सिसिटिभिमा कैद छ र श्रीमानको कुरा निकै बाझिएको कारणले समेत शङ्काको घेरामा परेका हुन् ।

शवलाई मुचुल्का गरी पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जानकारी दिएको छ । हत्याको अनुसन्धान र हत्यामा संलग्न अन्यको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस