आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कर्णाली नदिमा बेपत्ता हुम्लाको खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्षको शब २२ दिनपछि भेटियो

AuthorAP Khabar२०७६ अषाढ २६, बिहिबार (४ साल अघि) ३४१ पाठक संख्या

असार २६
काठमाडौं : कर्णाली नदिमा बेपत्ता हुम्लाको खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धुु हमाल शाहीको शव भेटिएको छ । सर्केगार्ड गाउँपालिकाको वडा नम्बर चारको नागर स्थित कर्णाली नदीको किनारमा शव भेटिएको हो ।

घटना भएको २२ दिन पछि उपाध्यक्षको शव भेटिएको हो । अन्य दश जना भने अझै बेपत्ता अवस्थामा नै रहका छन् । प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालका अनुसार उपाध्यक्ष हमालका श्रीमान धिरेन्द्रबहादुर शाहीले औँलामा लगाएको औँठीका आधारमा पहिचान गरेका हुन् ।

नदीको किनारमा महिलाको शव भेटिएको खबर आएपछि बुधबार प्रमुख जिल्ला अधिकारी सहतिको टोली सिमकोट विमान स्थलबाट हेलिकोप्टरमा घटनास्थल गएको थियो । शव भेटिएको स्थान सदरमुकाम सिमकोटबाट डेढ दिन पैदल हिँड्नु पर्छ ।

असार ३ गते खार्पुनाथ गाउँपालिकाको बेडु बिसौनी र कैलावालु क्षेत्रमा महेन्द्र बोलेरो जीप कर्णाली नदीमा खस्दा उपाध्यक्ष शाहीसहित ११ जना बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस