आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनकपुर जलमग्न, दुई घर ढले

AuthorAP Khabar२०७६ अषाढ २७, शुक्रबार (४ साल अघि) ६२४ पाठक संख्या

जनकपुरधाम, २७ असार : अविरल वर्षाले जनकपुरधाम उपनगरपालिकाको अधिकांश क्षेत्र जलमग्न भएको छ । बुधवार राती देखि शुक्रबार बिहानसम्मको अविरल वर्षापछि जनकपुरधामको सबै वडा जलमग्न भएको छ भने धनुषाको दक्षिणी क्षेत्र बढी प्रभावित भएको छ । नगरमा भइरहेको सडक स्तरोन्नतिमा ढल व्यवस्थापन नहुँदा नगरका अधिकांश क्षेत्र जलमग्न भएका हुन् ।

वर्षाले जिल्ला प्रहरी कार्यालय र संघीय प्रहरी कार्यालय, जनकपुर अञ्चल अस्पताल, जनकपुरको प्रमुख चौक रामानन्द द्वार ९चौक०, मुख्यमन्त्री कार्यालय, धनुषाको जिल्ला प्रशासन कार्यालय जलाशयमा परिणत भएको छ भने नगरका मुख्य सडक जलमग्न भएपछि आवागमनमा समेत समस्या भएको छ ।

त्यस्तै करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएको जनकपुरधाम अञ्चल अस्पतालको नव निर्मित भवनको आकस्मिक कक्षमा समेत पानी जमेको छ । प्राप्त जानकारी अनुसार आकस्मिक कक्षको छत चुहिएका कारण पानी जमेको हो । यसैगरी बाह्रबिघा रंगभूमी मैदान, उद्योग वाणिज्य संघ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर समेत जलमग्न भएको हो ।

जनकपुर मिथिलाको प्राचिन एवं ऐतिहासिक नगरीका रुपमा परिचित जनकपुरमा खाल्टाखुल्डी सडक, ढलको उचित निकास र फोहर व्यवस्थापन मुख्य समस्याका रुपमा रहेको छ । लगातार १४ घण्टा भएको मुसलधारे वर्षाका कारणले गर्दा सडक जलमग्न बनेको छ ।

यता धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले दिएको जानकारी अनुसार धनुषाको हंसपुर नगरपालिकाको कठपुल्लामा दुइवटा फुसको घर ढलेको छ भने मानवीय क्षति भएको छैन ।

 

 

जनता समाचार

प्रतिक्रिया दिनुहोस