आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिरहाको सदरमुकाम सहित दर्जनौ गाउँ डुबानमा

AuthorAP Khabar२०७६ अषाढ २८, शनिबार (४ साल अघि) ४४९ पाठक संख्या

मुकेश यादव
सिरहा २८ असार : सिरहा जिल्लाको सदरमुकाम सहित दर्जनौं गाउँ डुवानमा परेका छन । लगतार चार दिन देखिको अविरल बर्षाका कारण नदीहरुमा बाढीको सतह बढेपछि विभिन्न ठाउँको पानी आउँदा सिरहाको जनजीवन प्रभावित बनेको छ ।

चार दिनको लगातार बर्षाले गर्दा कमला नदि बहाव तीब्र गतीमा हुदा कल्याणपुर नपा १२ सार्स्वर स्थित नदीको बाँध भत्किएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। बाढीको त्रासले हजारौं घरपरिवार सुरक्षित ठाउँमा बिस्थापित भएका छन् भने कति पय ठाउँका शस्त्र प्रहरी गण र नेपाल प्रहरीका चौकीहरु डुवानमा परेका छन्।

बाढीले गर्दा सिरहाको लाहान, धनगढीमाई, गोलबजार , मिर्चैया , कर्जनहा , कल्याणपुर, लगायतका गाउँहरु डुवानमा परेका छन् । चार दिन देखि जारी रहेको मुसलाधारे वर्षाको पानी पसेर सिरहा स्थित करागार परिसर जलमग्न बनेको छ ।

उचित निकासको अभावमा करागार परिसरमा करिब एक फिट भन्दा माथि पानी जमेको स्रोतले जनाएको छ । यता शस्त्र प्रहरी, नेपाल प्रहरी नेपाली सेना जिल्लाभरी नै परिचालन गरि डुवान भएको ठाउँमा उद्धार कार्यमा तीब्रता बढाएका छन्।

प्रतिक्रिया दिनुहोस