आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

त्रियुगा नदीको बाँध फुट्यो, एक सय पचास घर डुबानमा

AuthorAP Khabar२०७६ अषाढ २८, शनिबार (४ साल अघि) ४७० पाठक संख्या

असार २८ उदयपुर। 
उदयपुर र सप्तरीको सीमामा पर्ने त्रियुगा नदीको बाँध फुटेको छ। उदयपुरतर्फको बाँध फुटेका कारण बेलका नगरपालिका १– अम्बासीमा बाढी पसेको छ। सो स्थानका करिब १५० घर डुबानमा परेका छन् हजारौं बिघा खेती योग्य जमिन डुबान मा परेका छ्न ।

सप्तरीको सप्तकोसी नगरपालिका को हेडबान देखी तल तिर को त्रियुगा पुल मुनिको नयाँ निर्माण गरेको बालुवा को बाध फुट्ने अबस्थामा छ भने सानो क्षेत्रफलमा मात्रै बाँध फुटेको छ। सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरमाको हेडबान पारुहाङ चौक एरिया का करिब १०० घरमा बाढी पसेको छ त्रियुगा नदि मा आएको बाढी ले फत्तेपुर को नयाँ बजार सप्तकोसी को सिद्धिपुर सखुवनी बोची बनि गामा लगायत गाउँ पुरै ढुबान मा परेका छ्न ।भने उता अ्माह , जुटपानी ,बादर खोपी लगायत का खहरे खोला मा आएको बाढी ले खोरिया टोल का करिब ५० घर डुबान मा परेका छ्न।

यदि वर्षा भइरहने र नदीमा पानीको बहाव बढ्ने हो भने त्रियुगा को सप्तरी तर्फ को बाध फुट्ने खत्रा रहेको स्थानीय धर्म बहादुर खत्री ले बताए यदि तियो बाध फुटयो भने सप्तकोसी क्षेत्रका सयौं घर डुबान पर्ने सम्भावना छ। यी दुवै क्षेत्रका स्थानीयहरु सुरक्षित स्थानमा सरिसकेका छन्।

उनीहरुले घरमा रहेका केही पनि सामान निकाल्न पाएका छैनन। यद्यपि वर्षा अझै जारी छ।

उदयपुरको चुरे क्षेत्रअन्तर्गत रौता पोखरी हुँदै आउने त्रियुगा नदीको यस क्षेत्रसम्म आइपुग्दाको दूरी लामो छ। यदि चुरे क्षेत्रमा पानी पर्ने हो भने पनि नदीमा पानी बहाव बढ्छ।उद्धार का लागी इलाका प्रहरी कर्यलय कंचनपुर बाट डि एस पि मकेन्द्र कुमार मिश्र को नेतृत्व मा नेपाल प्रहरी को टोलि फतेपुर शसस्त्र प्रहरी को टोलि ले उद्धार कार्य गरिरहेको छ।त्रियुगा नदि नियन्त्रण का लागी सम्बन्धित निकाए ले ध्यान न दिदा यत्रो क्षेति भएको स्थानिय हरु को बनाइ छ।जलउत्पन्न प्रकोप तथा नदि नियन्त्रण कार्यलय बाट त्रियुगा नदि नियन्त्रण का लागी बजेट आए पनि स्थानीय उपभोक्त समिती ले तेहि त्रियुगा को कमसल बालुवा हालेर बाध निर्माण गरेका कारण पानी गाउँ प्रबेश गरेको स्थानीय हरु बताउछ्न।

प्रतिक्रिया दिनुहोस