आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ढुवानी साधनको अनुगमन अब अनलाईन प्रणालीबाट

AuthorAP Khabar२०७६ श्रावण १, बुधबार (४ साल अघि) २४५ पाठक संख्या

काठमाडौं, साउन १ । सरकारले ढुवानी साधनको अनुगमन अनलाईन प्रणालीबाट सुरु गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार मालवस्तु तथा ढुवानी साधनको अनलाइन अनुगमन प्रणालीको शुभारम्भ गरेका हुन् ।

राजश्व अनुसन्धान विभागले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले अपारदर्शी एवं अनौपचारिक व्यवसायलाई पारदर्शी र औपचारिक व्यवसायमा रुपान्तरण गर्न खोजिएको बताए । उनले प्रविधिको प्रयोगले ५० प्रतिशत अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रम रुपान्तरणको एउटा प्रयासमा यो प्रणालीको कार्यान्वयन भएको बताए ।

निजी क्षेत्रले पनि प्रणालीको स्वागत गर्दै यसलाई सुधार गर्दै लैजानुपर्नेमा जोड दिएको छ । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले प्रणालीबारे स्थानीय तहका व्यवसायीमा अन्यौल रहेको बताइन् । उनले तीन महिनाको प्रोभिजनल समय अपुग हुने बताइन् ।

उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले यो प्रणाली विकासको चरणमा एक पाइला अढि बढेको भन्दै स्वागत गरे । उनले यो प्रणालीले ढुवानीलाई सहज एवं सुरक्षित बनाउने भए पनि देशैभर एकैपटक लागू गर्न नसकिने हो कि भन्ने आशंका गरे ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले यो प्रणाली स्थानीय ढुवानीमा भने उपयुक्त हुन नसक्ने भन्दै शंका व्यक्त गरे ।

राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले प्रणालीको प्रयोग गर्न कुनै शुल्क नलाग्ने, सहज एवं विश्वासिलो रहेको बताए । स्थानीय व्यवसायीलाई निजी क्षेत्रसँग मिलेर यो प्रणालीबारे अवगत गराउन लागि पर्ने उनको भनाइ छ ।

महानिर्देशक मैनालीले हालसम्म यो प्रणालीका लागि ५ हजार जनाले युजर आईडी बनाईसकेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस