आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटका बाढीपिडितलाई प्रभु बैंकको सहयोग।

AuthorAP Khabar२०७६ श्रावण २, बिहिबार (४ साल अघि) ३०८ पाठक संख्या

अमित ठाकुर।

रौतहट साउन ०२;

रौतहटमा आएको बिनाशकारी बाढी क्षतिग्रस्त भएको ठाउँमा प्रभु बैंक गौरले राहत बितरण गरेका छन्।लगातार चार दिनको बर्षाले गर्दा रौतहटको पुर्व पश्चिम भागमा रहेको लालबकैया र बागमती नदीमा पानीको सतह क्षमता भन्दा बढी हुँदा बाढी आएको थियो।

दुई बर्ष भित्रै अर्को बाढी रौतहटका बाढीपिडितलाई प्रभु बैंकको सहयोग। स्थानीयहरु त्रासित बनेका छन्। बाढीले गर्दा नदी छेउछाउका बासिन्दाहरुलाई अहिले पनि अा-अाफ्ना घरमा जान अहिले महिनौ लाग्ने भएको छ। भने बाढीले ७० हजार घरपरिवार समस्या रहेका छन्।

बिनाशकारी बाढीले गर्दा पिउने पानी धारा समेत डुवान हुँदा सो पानीले स्वास्थ्य खराव हुने सम्भावनाले प्रभु बैंक लिमिटेड गौरका म्यानेजर हेमन्त निरौला र प्रमुख जिल्ला अधिकारी किरण थापाको सहभागीमा १ ट्रक पानी र सके सम्म त्रिपाल बितरण गरेका छन्।

सो हैण्ड पाईपको पानी पिउने अवस्था नरहेको हुँदा बाढीपीडित रहेको ठाउँमा मिनरल वाटर पानी बितरण गरेको म्यानेजर निरौलाले जानकारी दिएका छन्।बिपतको बेला म र हाम्रो बैंकले सदैव पिडितहरुलाई सहयोग गरिरहेको र गर्दै अाईरहेका म्यानेजर निरौलाले जनाए ।

प्रतिक्रिया दिनुहोस