आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पथरीमा बस दुर्घटना दुईको मृत्यु, १९ घाइते [अपडेट]

AuthorAP Khabar२०७६ श्रावण २, बिहिबार (४ साल अघि) २८७ पाठक संख्या

श्रावन ०२ ;

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिका–१० शिविर डाँडामा बस र पिकअप भेन ठोक्किँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका अर्का एक जनाको नोवेल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक दुवैजनको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालयले पथरीका प्रमुख लक्ष्मी अधिकारीले बताए । दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकल तथा विराटनगर अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको डिएसपी अधिकारीले बताए ।

पश्चिम वाट पुर्व तिर आइरहेको बस र भेन ठोक्किँदा दुवै सवारीको चालक घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस