आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पाइपलाइनबाट पेट्रोलियम पदार्थ नेपाल ल्याउने काम सुरु सरकारलाई वार्षिक २ अर्ब फाइदा हुने

AuthorAP Khabar२०७६ श्रावण २, बिहिबार (४ साल अघि) ३८७ पाठक संख्या

श्रावन ०२ बारा;

पाइपलाइनबाट पेट्रोलियम पदार्थ नेपाल ल्याउने काम सुरु भएको छ । बुधबार भारतीय आयल कर्पोरेशनको मोतिहारी डिपोबाट बुधबार दिउँसो पेट्रोलियम पदार्थ छाडिएको थियो । अमलेखगञ्जस्थित डिपो प्रमुख प्रदीप यादवले बिहीबार साँझ ६/७ बजेसम्म डिजल पाइपललाइनबाट अमलेखगञ्ज डिपोमा आइपुग्नेछ । उक्त डिजल तत्काल ट्यांकीमा भने खन्याइने छैन् ।

मोतिहारीबाट अमलेखगञ्जसम्म डिजल आइपुग्न १४ देखि १८ घण्टा लाग्ने उनले जानकारी दिए ।अमलेखगञ्जमा ४ वटा ट्यांकीमा डिजल जम्मा गरिनेछ । उनले भने, ‘हाल पाइप मै डिजल रहन्छ, उद्घाटनको दिन भल्ब खोलेर मात्रै ट्यांकीमा राखिनेछ ।’ उनका अनुसार अगस्ट १५ भित्रमा उद्घाटन गरी ट्यांकीमा जम्मा गर्न सुरु गरिनेछ ।

यादवका अनुसार अमलेखगञ्जमा २ वटा ट्यांकी ३९ किलोलिटर र २ वटा ट्यांकी ४१ किलोलिटर क्षमताका छन् । यादवका अनुसार नेपालतर्फ ३६.२ किमि पाइपलाइन र भारततर्फ ३२.८ किलोमिटर पाइपलाइन बिछ्याइएको छ । पाइप बिछ्याउने काम सकिएपछि पानी हालेर ‘हाइड्रोलिक टेस्ट’ सुरु गरिएको थियो ।

उनले भने, ‘मंगलबार हाइड्रोलिक टेस्ट सकिएको थियो, त्यसपछि बुधबार पेट्रोलियम पदार्थ ल्याउन सुरु गरिएको हो ।’ पाइपलाइनबाट पेट्रोलियम पदार्थ आएपछि ट्यांकर टुवानीका लागि लाग्ने खर्च वार्षिक २ अर्ब रुपैयाँ जोगिनेछ । यसबाट राजमार्गको ट्राफिक जाम तथा पेट्रोलियम पदार्थ चुहावटको समस्या समाधान हुनेछ ।

३६ किमिमध्ये साढे ७ किमि पाइप भूमिगत प्वाल बनाएर पाइप राखिएको छ । परवानीपुरमा २ किलोमिटर, जितपुरमा १।६ किलोमिटर र नाला, कलवट, सडक खण्ड रहेको स्थानमा ४ किलोमिटरमा भूमिगत प्वाल पारेर राखिएको छ । पाइपलाइन परियोजना निर्माण गर्न दुई सरकारबीच २०७२ भदो ७ गते सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस