आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

AuthorAP Khabar२०७६ श्रावण २, बिहिबार (४ साल अघि) २४९ पाठक संख्या

श्रावण २ पोखरा,
जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले तनहुँबाट एक जनालाई पक्राउ गरेको छ । ब्यास नगरपालिका ७ की ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थानका १९ वर्षीय नबिन थापा मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती बालिकालाई मकैबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ र अस्थायी प्रहरी पोष्ट कलेष्टिबाट संयुक्त रुपमा खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो ।

यस्तै बारबर्दिया नगरपालिका ४ की १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थानका ४२ वर्षीय रमेश थारुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थारुले ती बालिकालाई गत मंगलबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस