आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ब्राउन सुगरसहित नेपालगन्ज बाट ३ जना प्रहरीको हिरासतमा

AuthorAP Khabar२०७६ श्रावण २, बिहिबार (४ साल अघि) ३१० पाठक संख्या

नेपालगन्ज साउन २ : लागूऔषध ब्राउन सुगरसहित प्रहरीले बिहीबार नेपालगन्जको जमुनाहा भन्सारमा चेकजाँच गर्दा तीनजनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाको संयुक्त टोलीले सुर्खेत जिल्लाको वीरेन्द्रनगर-३ का २२ वर्षीय अमृत विक र ३२ वर्षीय चन्द्रबहादुर विकका साथै सुनसरी इनरुवा-७ घरभइ वीरेन्द्रनगर-३ ३२ वर्षीय दीपेन्द्र ठाकुरलाई पक्राउ गरेको हो।

१४ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर प्लाष्टिकमा बेरेर कम्मरमा लुकाएर ल्याउँदै गरेको अवस्थामा बिहान १० बजेतिर नियन्त्रणमा लिएको लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए।

नियन्त्रणमा लिएका तीनैजना र बरामद ब्राउन सुगर जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस