आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एक सय २० किलो गाँजासहित वीरगन्जबाट चार युवक पक्राउ

AuthorAP Khabar२०७६ श्रावण २, बिहिबार (४ साल अघि) २७७ पाठक संख्या

नरेश सराफ
साउन ०२ पर्सा : प्रहरीले लागूऔषधसहित वीरगन्जको बगहीबाट चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लागूऔषध १२० किलो गाँजासहित सर्लाहीको लालबन्दी नगरपालिका १७ का २१ वर्षीय रमेश लामिछाने, २० वर्षीय डम्मरमणी घिमिरे, पर्साका पटेर्वासुगौली गाउँपालिका ४ का ४२ वर्षीय प्रेम दास र सखुवाप्रसौनी गाउँपालिका ६ का ३५ वर्षीय राजेश खवासलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा बुधबार राती उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये लामिछाने कार चालक र दास मोटरसाईक चालक हुन् ।

बिआर ०१ डिबी ०००३ नम्बरको भारतीय कारको डिकीमा लागूऔषध गाँजा लुकाइछिपाई सर्लाही तर्फ लैजादै गरेको अवस्थामा वीरगन्ज महानगरपालिका २८ बगहीबाट उनीहरुलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताए ।

बरामद गरिएको गाँजा मकवानपुरबाट खरिद गरी पर्साको राष्ट्रिय निकुञ्ज जंगलको बाटो प्रयोग गरी पर्सामा भित्रिर्याएको थियो । पर्सामा भित्रिर्याएको गाँजा सर्लाही तर्फ लैजाने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गाँजा बोकेको कारलाई स्कटीङ्ग गरिरहेको ना २४ प ८७६४ नम्बरको मोटरसाईकलसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक राठौरले बताए । पक्राउ परेका चारै जनालाई लागूऔषध मुद्दामा जिल्ला अदालत पर्साबाट म्याद थप गराई थप अनुसन्धान गर्ने काम भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस