आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सर्पको टोकाईबाट पूर्वी नवलपरासीमा एक बृद्धको मृत्यु

AuthorAP Khabar२०७६ श्रावण ३, शुक्रबार (४ साल अघि) २९३ पाठक संख्या

श्रावन ३ नवलपरासी । सर्पको टोकाईबाट पूर्वी नवलपरासीमा एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कावासोती नगरपलिका वडा १७ गोछडाटारका ६८ बर्षका बुद्धीबहादुर थापा रहेका छन् । बिहीबार बिहान सर्पले टोकेका उनको उपचार गर्न लैजाने क्रममा मृत्यु भएको हो ।

सुरुमा सर्पले टोकेको भनेर पत्तो नभएकाले उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थिएन् । तर अलिक समय वित्दै गएपछि धेरै झमझमाएकोले सर्पले टोकेको आसंका लागेपछि उनलाई उपचारको लागि कालिगण्डकी अस्पताल लगिएको थियो ।

तर अस्पताल पुग्ने वित्तीकै उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । कालगिण्डकी अस्पतालका डाक्टरले उनको उपचारका ढिलाईको कारण मृत्यु भएको बताएका छन् । मृतक थापाले घर नजिकैको चिया पसलबाट आएपस्चिाल सर्पकोे विष लागेजस्तो झमझम भईरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस