आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कटहरिया नगरपालिकाको मेयर द्वारा ग्यास चुल्हो बितरण

AuthorAP Khabar२०७६ श्रावण ३, शुक्रबार (४ साल अघि) ३२८ पाठक संख्या

रौतहट श्रावण ३ ।
रौतहटको कटहरिया नगरपालिकामा रहेको #तराई_मधेस_जनयुद्ध_शहिद_स्मृति_प्रतिस्ठान कार्यालयको प्राङ्गणमा शुक्रबार कटहरिया नगरपालिकाद्वारा ग्यास चुल्हो वितरण गरिएको छ ।

क्षेत्र नं. को विकासको मुख्य अजेण्डाको रुपमा #ग्यास_चुलो वितरण पनि एक हो । कटहरिया नगरपालिकाको मेयर सियाराम कुशवाहाले सयकडौ परिवारलाई ग्यास चुल्हो वितरण गरेका छन् ।

कार्यक्रममा बोल्दै मेयर #सियाराम_कुशवाहा भर्खर आएको बाढीले हजारौं घर विहिन बनेका जनताले इन्धनको अभावमा धेरै दिनदेखि भोकै बसेको हुनाले हामी यो ग्यास चुल्हो वितरण गरेका छौ । अब हामी बढी टाढा छैन अबको केही वर्षमा प्रदेश तथा जिल्ला कै पहिलो धुवाँ मुक्त क्षेत्र हुनेमा हामी ढुक्क बसौं ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सोही क्षेत्रका प्रदेश सांसद #कुन्दन_कुशवाहा, मौलापुर नगरपालिकाकि मेयर #रिना_साह, प्रमुख प्रशासकीय अधिकृत #मनोज_कुमार_रजक, कटहरिया नपा वडा नं.४ का वडाअध्यक्ष #चन्दन_कुशवाहा, त्यसतै वडा नं. ५ का वडाअध्यक्ष #सर्फलाल_गुप्ता सहित सयकडौको संख्यामा जनताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस