आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नजिकिँदै ओली–गौतम

AuthorAP Khabar२०७६ श्रावण ४, शनिबार (४ साल अघि) ३५२ पाठक संख्या

२०७६ श्रावण ४

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टी अध्यक्ष केपी शर्मा ओली र वामदेव गौतमको सम्बन्ध नजिकिन थालेको छ। गत पुुुसमा सम्पन्न स्थायी कमिटीको बैठकमा गौतमले फरक मत राखेपछि बिग्रेको सम्बन्ध बिस्तारै सुधार हुँदै आएको हो। गत असार २८ गते ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा गौतमको जन्मदिनसमेत मनाएका थिए। ‘असार २८ मा गौतमको जन्मदिन रहेछ, त्यसदिन प्रधानमन्त्रीज्यूले उहाँको जन्मदिन सँगै मनाउने इच्छा व्यक्त गर्नुभयो र मिठाई बाँडेर जन्मदिन मनाइएको थियो,’ बालुवाटार स्रोतले भन्यो।

पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला सचिवालय सदस्यसमेत रहेका गौतमसँग प्रधानमन्त्री ओलीले निरन्तर संवाद गरिरहेका छन्। केन्द्रीय नेताहरूको जिम्मेवारी बाँडफाँटलाई अघि बढाउँदा पनि ओलीले गौतमसँग छलफल गरेका थिए। सुटुक्कै बालुवाटार पुग्ने गरेका गौतमसँग ओलीले पूर्वएमालेको भागमा परेका विभागीय प्रमुखहरूको जिम्मेवारीबारे छलफल गरिरहेका छन्।

असार २८ गते ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा गौतमको जन्मदिनसमेत मनाएका थिए।

तत्कालीन एमालेको भागमा परेको संगठन विभाग, स्कुल विभाग, विदेश विभाग र नीति तथा प्रतिष्ठान विभागको प्रमुख कसलाई बनाउने भन्ने विषयमा गरिएको निरन्तर छलफलमा दुई अध्यक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल) गौतमलाई संगठन विभाग प्रमुख बनाउन तयार भएका छन्। बिहीबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केही सचिवालय सदस्यको बैठकले गौतमलाई संगठन विभागको जिम्मेवारी दिने सहमति गरेको छ।यो प्रस्ताव आइतबार बस्ने सचिवालय बैठकमा राखिने स्रोतले जनाएको छ। स्कुल विभागमा अर्का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई पठाइने र पार्टीको तेस्रो वरियतामा रहेका वरिष्ठ नेता माधवकुमार नेपाललाई विदेश विभागको जिम्मेवारी दिइने स्रोतले बताएको छ। यो समाचार आजको नागरिकमा छ ।

प्रतिक्रिया दिनुहोस