आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्वास्थ्य चौकीमा शव झुण्डिएको अवस्थामा भेटियो

AuthorAP Khabar२०७६ श्रावण ४, शनिबार (४ साल अघि) ३७८ पाठक संख्या

श्रावण ४ सिमिकोट । हुम्लाका एक स्वास्थ्यकर्मीको शव झुण्डिएको अवस्थामा भेटिएको छ । सर्केगार्ड गाउँपालिका–को रिप स्वास्थ्य चौकीमा कार्यरत अहेब भुवनेश्वर आचार्यको डिभिजन वन कार्यालयको भवनमा झुण्डिएको अवस्थामा भेटिएको हो ।

विगत २२ वर्षदेखि हुम्लामा सेवा प्रदान गर्दै आएका ५७ वर्षे आचार्यले शुक्रबार बेलुका करिब साढेआठ बजेतिर झुण्डिएर आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

रिप स्वास्थ्य चौकीमै बस्ने आचार्य शुक्रबार दिउँसो सदरमुकाम सिमिकोट आएका थिए ।

प्रतिक्रिया दिनुहोस