आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ट्राफिक प्रहरीमाथि किन आक्रामक रुपमा प्रस्तुत भए आईजीपी खनाल ?

AuthorAP Khabar२०७६ श्रावण ४, शनिबार (४ साल अघि) ४०६ पाठक संख्या

श्रावण ४ काठमाडौं–प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गल्ती गर्ने ट्राफिक प्रहरीमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।

प्रहरी महानिरीक्षक खनालले ट्राफिक प्रहरीले गलत काम गरे तत्काल आफूलाई खवर गर्न पनि यातायात व्यवसायीलाई आग्रह गरे ।

शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यातायात क्षेत्रमा गलत रवैया नदेखाउन पनि ट्राफिक प्रहरीहरुलाई सचेत गराए ।

जनताको लागि निःशुल्क सेवा दिन बसेको प्रहरी संगठनले यातायात क्षेत्रमा कुनै पनि खालको समस्या आउन दिन नमिल्ने प्रहरी महानिरीक्षक खनालको भनाई छ ।

प्रहरी महानिरीक्षक खनालले सडक दुर्घटना हुन नदिन सवारी चालकहरुलाई पनि आग्रह गरे ।
त्यस अवसरमा उनले यातायात क्षेत्रमा हुने गुण्डागर्दीलाई पूर्ण रुपमा नियन्त्रण गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस