आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

३ सयको भ्याट खारेज, ६८ को कारोबार रोक्का

AuthorAP Khabar२०७६ श्रावण ४, शनिबार (४ साल अघि) ३८३ पाठक संख्या

२०७६ श्रावण ४

विराटनगर,
आन्तरिक राजस्व कार्यालय विराटनगरले ६८ वटा व्यापारिक फर्मको सम्पूर्ण कारोबार रोक्का गर्नुका साथै बैङ्क खाता पनि रोक्का गरेको छ । कारबाहीमा परेका व्यावसायिक फर्महरूको घरजग्गा किनबेच गर्न पनि नपाउने गरी रोक लगाएको छ ।

त्यसै गरी २ सय ७२ वटा फर्मको भ्याट नम्बर खारेज गरेको छ । प्रमुख कर अधिकृत दिलीपकुमार गौतमका अनुसार एक आर्थिक वर्ष भित्रमा गरिएको कारबाहीको विवरण हो यो । कारबाहीमा परेको व्यावसायिक फर्महरूबाट ८० करोड बराबर राजस्व उठाउन बाँकी छ । राजस्व बुझाउन पटक पटक सूचना गर्दा पनि अटेर गरेपछि त्यस्ता व्यावसायिक फर्महरूलाई कारबाही गरेको हो ।

आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष ०७५/०७६ मा ७ अर्व १३ करोड ७८ लाख २४ हजार राजस्व सङ्कलन गरेको छ । सो कार्यालयले लक्ष्यभन्दा ११ दशमलव २९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो । लक्ष्य ६ अर्व ९० करोड २२ लाख ५१ हजार थियो । गत सालभन्दा १ अर्व ६२ करोड बढी राजस्व सङ्कलन भएको हो ।

सरकारले ४० करोडदेखि ८० करोडसम्मको कारोबार गर्ने व्यवसायीहरूको खाता मझौला करदाता कार्यालयमा राख्ने गरेको छ भने त्यो भन्दा बढीको कारोबार गर्नेहरू ठुला करदाताको कार्यालय अन्तर्गत पर्दछन् । आर्थिक वर्ष ०७५/०७६ मा आन्तरिक राजस्व कार्यालय विराटनगरबाट १७ वटा व्यावसायिक फर्मको खातापत्र मझौला करदाता अन्तर्गत परेकोमा त्यति हुँदा पनि सो कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको हो ।

आन्तरिक राजस्व कार्यालय विराटनगरले मूल्य अभिवृद्धि करबापत १ अर्व ३७ करोड ७ लाख १२ हजार, अन्तःशुल्क बापत ३ अर्व ४२ करोड ६५ लाख ४१ हजार, आयकर बापत २ अर्व ११ करोड ४४ लाख ९३ हजार राजस्व सङ्कलन गरेको छ । ब्याज कर ७ करोड ३१ लाख, बहाल कर ९२ लाख ३८ हजार, स्वास्थ्य सेवा कर २ करोड ९९ लाख ४४ हजार, शिक्षा सेवा कर १ करोड ३७ लाख ९१ हजार रुपैयाँ सङ्कलन गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा भन्दा सबै कर असुलीमा वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस