आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

१५ लाख घुससहित ३ इन्जिनियर र चालक पक्राउ

AuthorAP Khabar२०७६ श्रावण ४, शनिबार (४ साल अघि) २५७ पाठक संख्या

२०७६ श्रावण ४

बर्दिया,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जले बर्दियाबाट तीनजना इन्जिनियर सहित ४ जना घुससहित पक्राउ गरेको छ । शनिवार बर्दिया गेरुवा गाउँपालिका – १ बिहानी बजारस्थित एचआरपी कटेजबाट तीनजना इन्जिनियर र एक चालकलाई १५ लाख घूस लिँदै गरेको आरोपमा पक्राउ गरेको हो ।

कर्णाली नदी नियन्त्रण आयोजनाका तीनजना इन्जिनियर कमल सिटौला, विशेश्वरप्रसाद साह र हरिप्रसाद चौधरी अख्तियारको टोलीले १५ लाख रूपैयाँ घुससहित एकसाथ पक्राउ गरेको हो। आयोजनाका चालक टंक प्रसाद ओझा पनि पक्राउ परेका छन् ।

नेपालगन्जस्थित अख्तियार प्रमुख गणेश गैरेले दसी सहित पक्राउ गरिएकालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको जनाए ।

प्रतिक्रिया दिनुहोस