आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बैतडीमा एक किशोरी झुण्डिएको अवस्थामा फेला

AuthorAP Khabar२०७६ श्रावण ४, शनिबार (४ साल अघि) २३३ पाठक संख्या

२०७६ श्रावण ४

बैतडी,
बैतडीमा एक किशोरी झुण्डिएको अवस्थामा फेला परेकी छन् । दोगडाकेदार गाउँपालिका ४ श्रीकेदार की १८ वर्षीया लक्ष्मी भट्ट आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

शुक्रवार राती खाना खाएर कोठामा सुत्न गएकी लक्ष्मी शनिवार बिहान झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।

लक्ष्मीको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । किशोरीले आत्महत्या गर्नुको कारण भने केही खुलेको छैन । किशोरीले यसै वर्ष एसइइ दिएको र परीक्षामा अनुतिर्ण रहेको पारिवारिक श्रोतले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस