आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कृषि राज्य मन्त्री योगेन्द्र यादवको पहलमा मुख्यमन्त्रीद्धारा हजारौ परिवारलाई गरियो राहत वितरण ।

AuthorAP Khabar२०७६ श्रावण ४, शनिबार (४ साल अघि) ३९० पाठक संख्या

ओम प्रकाश यादव
रौतहट ४ साउन ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीले संघिय सरकारको कारण रौहतटमा बर्षेणी डुुबानको समस्या हुँदैआएको बताएका छन ।

मुख्य मन्त्री राउत आज शनिवार रौतहटको बाढी प्रभावित क्षेत्र माधव नारायण नगरपालिकाको सुकदेव चौकमा आयोजित राहत बितरण समारोह लाई संबोधन गर्दै २५औं बर्षदेखी डुुबानको समस्यामा संघिय सरकारले वास्ता नगरेको आरोप लगाएका छन ।

रौतहटको पुर्वीभेग बागमती र पश्चिममा रहेको लालबकैया नदीबाट बर्षेणी डुुबान र कटानको समस्या हुँदैआएको छ ।

तर उक्त नदी नियन्त्रण अथवा डुुबान र कटानको स्थाई समाधान संघिय सरकारले कहिलै खोजेन मुुख्य मन्त्री राउतले भने रौतहटमा जब जब डुुबान हुन्छ संघिय सरकार भारत माथी दोष थुपारेर फुत्किन्छ ।

प्रदेश सरकार तपाईको आफनो सरकार हो यसको अनुुभुुती तपाईहरुले गर्नु भएको छ ,बाढीको भोली पल्टै क्याबिनेटको बैठक बसेर बाढीमा मृत्युु भएका परिवारलाई जनही तिनलाख रुपैया दिने र प्रदेश २ को सबै जिल्लामा राहतका लागी तत्काल १०।१०लाख रुपैया पठाउने निर्णय गरेको मुख्यमन्त्री राउतले बताए ।

बाढी बाट ग्रसीत प्रदेशका सबै पिडितलाई प्रदेश सरकारले सकेसम्म सहयोग गर्ने र जटिल समस्याको रुपमा रहेको नदीहरुको पक्की तटबन्ध गराउन र रौतहट लाई बिषेश प्रभावित क्षेत्र घोषणा गर्न प्रधानमन्त्री केपी शर्मा ओली संग पटक पटक माग गरेको मुख्य मन्त्री राउतले बताए ।

कार्यक्रममा भुमी ब्यवस्था कृषी तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले मानव सुुचकांकमा सबै जिल्ला भन्दा पछाडी रहेको रौतहटमा बर्षेणी हुनेगरेको डुुबान र कटानको समस्या स्थायीरुपमा समाधान गर्न मुख्यमन्त्री राउतको ध्यानाकर्षण गराउनुभएको छ ।
अबिरल बर्षा र बाढी बाट अक्रान्त बनेका जिल्ला रौतहटमा रातहको बिषेश प्याकेज ल्याउन समेत मन्त्री यादवले माग गरेका हुन । कृषि राज्य मन्त्री यादवले बाढीबाट प्रभावित क्षेत्रहरुमा राहत वितरणका काम तिव्र गतिमा अगाडि बढाएका छन । कृषि मन्त्री योगेन्द्र यादवले रौतहट जिल्ला बाढीबाट पूर्ण रुपमा प्रभावित बनेको देखेर राहत वितरणको कार्य गरिरहनुभएको छ । मन्त्री योगेन्द्र यादवको विशेष पहलमा आज रौतहट क्षेत्र नं १ खका २५ सय बाढी पीडित परिवारले राहत पाएका छन । कुश्वाहा चौकमा आयोजित राहत वितरण कार्यक्रममा मन्त्री यादवको आग्रहमा मुख्यमन्त्री राउत आज रौतहट आएर ठुलो मात्रामा चामल,दाल, झुल,पाल लगाएतका राहतका सामग्री वितरण गरेका हुन । दुखमा साथ दिने मन्त्री यादवलाई राहत पाएका बाढीपीडितले धन्यवाद दिएका छन ।
उक्त अवसरमा प्रदेश सांसद अबुल कलाम,प्रदेश सांसद बाबुलाल साह,प्रदेश सांसद रामकिशोर यादव माधव नारायणका मेयर बिरेन्द्र यादव,देवाही गोनाहीका मेयर धर्मेन्द्र पटेल लगायतले कटान र डुुबानको समस्या स्थायीरुपमा समाधान हुनुपर्ने माग राखेका थिए ।

कार्यक्रममा माधनारायण नपा,दुुर्गाभगवती गापा,राजदेवी नपा लगायत २१ वडाका २५ सय परिवारलाई जनही ३० किलो चामल,५किलो दाल,झुल र एक एकथान पाल बितरण गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस