आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दमकमा छुरा हानाहान, १ को मृत्य

AuthorAP Khabar२०७६ श्रावण ९, बिहिबार (४ साल अघि) ४९५ पाठक संख्या

श्रावण ९

दमक,
युवाहरुको दुई समूहबीच छुरा हानाहान हुँदा बुधबार झापाको दमकमा १ युवकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार मृत्यु हुनेमा दमक २ का १८ वर्षीय विक्रम लिम्बू छन् ।

घटनामा दमक ३, बेलडाँगीका सरोज भण्डारी र दमक ३ कै सुजन भुजी घाइते छन् । भण्डारीको ढाडमा गहिरो चोट रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ भने अर्का घाइतेको अवस्था सामान्य रहेको छ ।

उनीहरुमाथि इलाम चुलाचुलीस्थित पेल्टीमारी घर भई दमक १ हवल्दार चोकमा बस्ने कुसल मगर, दमक १ कै अभिषेक राईलगायत युवकहरुले छुरा प्रहार गरेको डीएसपी श्रेष्ठले बताए । पुरानो रिसिइबीका कारण युवाहरुबीच मंगलबारदेखि नै विवाद हुँदै आएको थियो ।

बुधबार दमक १ दुर्गा मन्दिर पछाडि भृकुटी टोलमा दुवै समूहका २०–२५ जना युवाहरुबीच हतियारसहित झगडा भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस