आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गुल्मीमा पहिरोमा परि मृत्यु हुनेको सङख्या १२ पुग्यो

AuthorAP Khabar२०७६ श्रावण ९, बिहिबार (४ साल अघि) २९८ पाठक संख्या

श्रावण ९

सत्यवती गाउँपालिकामा सोमबार राति गएको पहिरोमा पुरिएर ज्यान गुमाउनको संख्या १२ पुगेको छ ।

पहिरोमा पुरिएर बेपत्ता भएका १३ जनामध्ये बिहीबार बिहानसम्म १२ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले जानकारी दिनुभयो ।पहिरोमा पुरिएकी लिम्घाकी ८ वर्षीय तारा विक भने अझै बेपत्ता छिन् ।

पहिरोमा पुरिएर घाइते भएका सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेककी १३ वर्षीया धनी तरामु र १० वर्षीया करिश्मा तरामुको उपचारको लागि बुधबार बेलुका नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएको छ । उनीहरुको त्रिवि शिक्षण अस्पताल काठमाण्डाैमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस